नेपाल टेलिकमको मोबाइल फोन सेवा अवरुद्ध

रिपोर्ट नेपाल | 2021 Jun 23 | 07:54 am 1721

काठमाडौं, असार ९:  बुधबार बिहानैदेखि नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा अवरुद्ध भएको छ।

देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन। टेलिमकमका अनुसार प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको हो । एनसेलका नम्बर र ल्याण्डलाइनबाट समेत एनटिसीका नम्बरमा फोन लागेको छैन।

एनटीसीबाट एनसेलका नम्बरमा भने फोन गइरहेको छ। एनटिसीको मोबाइल नलाग्दा सेवाग्राही समस्यामा परेका छन्। समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकम कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.