नेपाल-खनाल पक्षलाई अलग गरेर एमाले स्थायी कमिटी पुनर्गठन

| 2021 Apr 23 | 02:08 pm 165

काठमाडौं बैशाख १०: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्थायी कमिटी बनाएका छन् । कमिटीमा माओवादी केन्द्र परित्याग गरेका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी पनि परेका छन् । स्थायी कमिटीमा माधव कुमार नेपाल र झलनाथ खनाल समूका नेताहरु समावेश गरिएका छैनन् ।

स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल सदस्य रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.