- महेश सिंह
सिरहा, चैत ९ः नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । सिरहाको लहान नगरपालिका ८ स्थित निर्माण भएको कुशवाहा धर्मसालामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको हो ।
कुशवाहा समुदायको हक हित चुनौतीहरु समना गर्न उक्त संस्थाको स्थापना गरिएको नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष तपेश्वर महतो बताए। कुशवाहा समुदायमा निकै नै चुनौती सामना गर्नु पर्ने देखिएको बताए।
कुशवाहा समाज आफ्नो पुर्खौली पेसामा मात्र सिमित रहेने गरेको छ । उक्त पेसाबाट उक्सन र राज्यको हरेक निकायमा पहुँच पुग्ने उदेश्यले संस्थाको स्थापना भएको हो ।
चौथो अधिवेशनबाट नयाँ कार्य समिति चयन गरेका छन् । केन्द्रीय अध्यक्षमा मुकेश कुमार महतो उपाध्यक्षमा पंकज मेहता, लाल प्रसाद कुशवाहा, घन स्याम सिंह, सदस्यहरुमा सन्तोष कुमार महतो, पुजा कुमारी मेहता, ओम प्रकाश महतो, सल्लाहकार गुनान्द महतो, दिपेन्द्र कुमार महतो लगायतका पदाअधिकारीहरु चयन गरेको आयोजले जानकारी दियो ।