नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य बृद्धी

रिपोर्ट नेपाल | 2020 Jun 30 | 08:54 pm 1916

काठमाडौं, असार १६ः लामो समयदेखि स्थीर रहेको पेट्रोलियम पदार्थको मुल्यमा बृद्धी गरी नेपाल आयल निगमले समायोजन गरेको छ ।

मंगलबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २.२ रुपैयाँले वृद्धी गरेको हो।

मुल्य बृद्धी भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.