नेपाल आयल निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

| 2022 May 27 | 01:41 pm 1413

रुपन्देही, जेठ १३ः जिल्लाको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।

शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो ।

उक्त आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिइएकाे थियो ।

एक ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको प्रहरीले जानकारी दिएकाे छ । आगलागी कारण भने खुलिनसकेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.