पाल्पा, भदाै १७ः तानसेन नगरपालिका-४ स्थित दरबार परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३औ भगवती जात्राको शुभ अवसरमा आयोजना भएको भगवती जात्रामा भगवती मन्दिर परिसरमा पाल्पा जिल्लामा तैनाथ नेपाली सेनाको श्री गोरखदल गणका गणपतिले मिति २०७८/०५/१४ गते पूजाआजा गरी जात्राको बिधिवत रुपमा शुरुवात गरेका थिए ।
उक्त पूजा पश्चात मिति २०७८/०५/१५ गते नेपाली सेना, नेपाल प्रहरी र NCC Alumni Association का टोलीले संयुक्त रुपमा बढाई गरी श्री ७ रणउजिरेश्वरी भगवतीलाई उजिरेश्वरी मन्दिर परिसर तथा नेपाली सेनाको निशान भगवती मन्दिरको परिक्रमा गराई पुनः उजिरेश्वरी भगवती मन्दिरमा पुर्याई जात्राको समापन भएको थियो ।
कोभिड-१९ को प्रोटोकललाई पुर्ण रुपमा पालना गरी संचालन गरिएको उक्त जात्रामा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
साथै, मिति २०७८।०५।१५ गते पाल्पा जिल्ला, तानसेन नगरपालिका-२ स्थित ऐतिहासिक अमरनारायण मन्दिरको २१५ औ शोभा रथयात्राको दौरान बढाईको लागी सोही गणबाट बढाई टोली खटिई विधि पुर्वक पुजा आजा तथा बढाई समेत गरिएको थियो ।