नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

रिपोर्ट नेपाल | 2022 Dec 14 | 04:02 pm 1593

काठमाडाैं, मंसिर २८ः काठमाण्डौ महानगरपालिकाको २८ औं महानगर दिवसको उपलक्ष्यमा नेपाली सेनाको सहकार्यमा बुधबारबाट जंगी अड्‍डास्थित श्री सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेल मैदानमा काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह र प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रुपमा दुई दिने निःशुल्क स्‍वास्‍थ्य शिविर शुभारम्भ गरेका छन् ।

No description available.

No description available.

उक्त स्वास्थ्य शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ मिति २०७९ मंसिर २८ गते र २९ गते संचालन हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने शिविरमा, स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म नाम दर्ता गर्न सकिने छ ।

No description available.

सो स्वास्थ्य शिविरमा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, काठमाण्डौ महानगरपालिकाका प्रशासकीय अधिकृत, नेपाली सेनाका रथीवृन्दहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

No description available.

साथै, उक्त शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स-रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, Echocardiography, ई.सि.जी. तथा ब्लड सुगर जांच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधीसमेत वितरण गर्ने व्यवस्था रहेको छ ।

 

No description available.

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.