काठमाडाैं, पुस २ः काठमाण्डौ महानगरपालिकाको २८ औं महानगर दिवसको उपलक्ष्यमा नेपाली सेनाको सहकार्यमा मिति २०७९ मंसिर २८ गतेबाट जंगी अड्डास्थित श्री सैनिक केन्द्रिय पुस्तकालय अगाडीको खेल मैदानमा संयुक्त रुपमा संचालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर बिरामीको चापलाई मध्येनजर गर्दै १ दिन थप गरी शुक्रबार अपरान्ह सम्पन्न भएको छ ।
सो स्वास्थ्य शिविरमा पुरुष ६८१, महिला ७३६ तथा बालबालिका ६५ गरी जम्मा १४८२ जनालाई
जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स-रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, Echocardiography, ई.सि.जी. तथा ब्लड सुगर जांच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
साथै, उक्त स्वास्थ्य शिविर संचालन गर्नका लागि छाउनीस्थित श्री वीरेन्द्र अस्पतालबाट आवश्यक औषधी सहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी जम्मा ११७ जना स्वास्थ्यकर्मी खट्टिएका थिए ।