नेपाली सेनाद्वारा चनौटे ईलाकामा निर्माणाधिन बेलिबृजको प्रगती विवरण

| 2021 Nov 23 | 01:16 pm 1857

काठमाडाैं, मंसिर ७ः मिति २०७८ असार महिनामा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाँउपालिका वडा नं.७ स्थित चनौटे-भिरखर्क जोड्ने ट्रस बृज (रातो पुल) बगाएकाले पुल अभावका कारण स्थानीयबासीहरु प्रभावित भईरहेको हुँदा नेपाली सेनाद्वारा मिति २०७८ कार्तिक ४ गतेबाट सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकास्थित चनौटेमा परिचालित भई बेलिबृज निर्माण कार्य संचालन गरिरहेको व्यहोरा जानकारी गराएकाे छ ।

उक्त निर्माण कार्यको हालसम्मको प्रगती विवरण देहाय बमोजिम रहेको व्यहोरा समेत जानकारी गराएकाे छ ।
(क) सर्भे कार्य सम्पन्न भई डिजाईन र लागत तयार भईसकेको ।
(ख) बेलीबृज जडान गर्ने स्थानमा दुवैतर्फ (Home Bank र Far Bank) Abutment निर्माणको कार्य भईरहेको ।
(ग) Gabion Wall निर्माणको लागि ढुङ्गा फोर्ने तथा संकलन गर्ने तथा फिलिङ्गको काम भईरहेको ।
(घ) गाउँपालिकासंगको सहकार्यमा Hume Pipe राखि अस्थायी ट्रयाक (Diversion) निर्माण गरि हाललाई आवागमन सहज गरीएको र उक्त Diversion को नियमित मर्मत संभार गर्ने गरीएको । हाल दैनिक ४५-५० यात्रुबाहक/मालबाहक गाडीहरु उक्त पुलबाट आवतजावत गराउँदै आईरहेको ।
(ङ) उक्त Diversion बाट किउल, टिम्बु, पाँचपोखरी लगायत हेलम्बु सम्मको बाटो खुल्ला भएको ।
(च) जडान गरीने बेलिब्रिजका अधिकांश सामग्रीहरु दमौलिबाट ढुवानी गरी स्थान विशेषमा एकिकृत गरीसकिएको र केही सामग्री ल्याउने क्रममा रहेको ।

उक्त बेलिब्रिज मिति २०७८ पौष मसान्तसम्म जडान गरी संचालनमा ल्याइ सक्ने योजना रहेको तथा उक्त बेलिब्रिज निर्माण कार्यको क्रममा स्थानीयवासी २५ जनालाई रोजगारीको अवसर दिईएको समेत जानकारी गराइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.