नेपाली सेनाद्वारा गरिएका जनहित तथा उद्धार कार्यहरु

| 2021 Aug 02 | 06:32 pm 229

काठमाडाैं, साउन १८ः भारी वर्षातका कारण मनाङ जिल्ला, चामे गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने मर्स्याङदी नदीमा रहेको बेलिवृज बाढीको कारण अवरुद्ध भएको तथा झोलुङ्गे पूल समेत मर्स्याङदी नदीले बगाई, मनाङ ङिस्याङ
गा.पा. र चामे गा.पा. बीच आवत जावत पूर्ण रुपमा बन्द रहेको अवस्थामा मिति २०७८ श्रावण १३ र १४ गते नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा ठाडो खोलामा काठको पुल निर्माण गरी आवत जावत सूचारु गराएको साथै, काठे पूल वरपर पैदल आवत जावत गर्नको लागि नेपाली सेनाद्वारा गोरेटो बाटो समेत निर्माण गरेको छ ।

यसैगरी भारी वर्षातकै कारण चामे गाउँपालिका वडा नं.४ स्थित स्याल्कु खोलामा रहेको Motorable काठे पूल बगाई सवारी साधन आवागमन अवरुद्ध भएपश्चात नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसँगको सहकार्यमा मिति २०७८ श्रावण १५ गते सो खोलामा Motorable काठे पूल निर्माण गरेको छ र उक्त पूल निर्माण पश्चात जिल्ला सदरमुकाम, चामेबाट पूर्वतर्फ तिमाङ्गसम्म र पश्चिमतर्फ तलेखुसम्म हलुका सवारी साधन आवत जावत गर्न सहज भएको छ ।

मिति २०७८ श्रावण १८ गते काठमाण्डौबाट बुर्तिबाङ्गतर्फ जांदै गरेको २४ जना यात्रु सवार बा ५ ख १५५३ नम्बरको बस बाग्लुङ्ग जिल्ला गलकोट न.पा. वडा नं. १ चौराहा नजिक दुर्घटना हुँदा नेपाली सेनाको घोडाबांधे स्थित श्री श्रीमेहर गणबाट खटिएको उद्धार तथा मेडिकल टिमले सख्त घाईते ६ जनालाई थप उपचारको लागि धौलागिरी अञ्चल अस्पताल, बाग्लुङ्गमा पठाएको र बांकी घाईतेहरुलाई प्राथमिक उपचार गरी स्थानीय निकाय तथा प्रहरीको सहयोगमा गन्तब्य स्थल तर्फ पठाएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.