काठमाडौं, पुस १८: शुक्रबार नेपाली बजारमा सुनको मूल्यले इतिहार कायम गरेको छ । एकैपटक हजार रुपैयाँले बढेर प्रतितोला ७४ हजार ५ सय रूपैंयाँमा कारोबार भएको हो ।
बुधबार सुनको मुल्य प्रतितोला ७३ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको थियो ।
त्यसैगरी तेजाबी सुन शुक्रबार प्रतितोला ७४ हजार २ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर छ । शुक्रवारको बजारमा चाँदी प्रतितोला ९ सय रुपैंयामा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै नेपालमा पनि सुनचाँदीको मुल्यमा वृद्धि भइरहेको महासंघले जनाएको छ ।