नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

| 2018 Aug 06 | 10:12 am 1606

काठमाडौं- एक दिवसीय क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता भएको छ।

एकदिवसीय सिरिजमा नेदरल्यान्ड्‍ससँग एक खेलमा पराजित भएको नेपाल अर्को खेलमा जित हात पार्दै सोमबार काठमाडौं आइपुगेको हो।

नेपाल आइपुगेका नेपाली टोलीका कप्तान पारस खड्काले नेपालको एकदिवसीय खेलमा सुखद सुरुवात गरेको भन्दै आगामी दिनमा क्रिकेटको विकासमा नेपालले धेरै प्रगति गर्ने बताए ।

उनले नेपाली क्रिकेट समर्थकको चाहानालाई मध्यनजर गर्दै नेपाली टोलीको प्रस्तुती अझै राम्रो बनाउने बताए। नेपालको व्याटिङ यसपाली पनि राम्रो नचलेको बताउँदै खेलमा निखार ल्याउन धेरै सुधारको आवश्यकता रहेको बताए ।

खेलको शुरुवाती राम्रो भएपनि पूरा खेल अवधिभर एकैनासको प्रस्तुती गर्न नसकेको भन्दै उनले खेल जित र हार दुवैका लागि हुने भएपनि नेपाल सँधै जित्नका लागि खेल्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.