नेपाली काग्रेसका युवा नेताहरूको दुईदिने भेला नगरकोटमा सम्पन्न

| 2025 Feb 23 | 08:38 am 781

काठमाडौँ ११ फागुन। नेपाली कांग्रेस युवा नेताहरूले अब कांग्रेस पार्टी रुपान्तरण हुनुपर्ने बताएका छन्। नेबि संघको ११औं महाधिवेशन सफलता रूपमा सम्पन्न गरि एतिहासिक रूपमा काम गरेको टिम ले २ दिन सम्म नगरकोट भेला आयोजना गरि अब पार्टी लाई नयाँ युग सुहाउँदो ढंग बाट संचालन गर्न प्रस्ताव गरेका छन्।

पार्टी नेता हरु नातावाद कृपा वाद र गुटबन्दी र भागबन्डा मा पार्टी संचालन गरेको प्रति रोस प्रकट गर्दै अब पार्टी मा योगदान गरेको आधारमा जिम्मेवारी दिनुपर्ने र आम निर्वाचनमा टिकट वितरण गर्नुपर्ने औल्याउँदै पार्टी मा युवाको प्रवेश संख्या बैधानिक रुपमा नै थप्नुपर्ने प्रस्ताव उक्त्त भेलाले गरेको छ ।

पार्टी लाई नवीन बिचार संगै आम नागरिक को आधारभुत आवस्यकता पूरा गराउने अब शिक्षा ,स्वास्थ उपचार निशुल्क र स्वदेश मै युवाहरूलाई रोजगारी को ग्यारेन्टी गर्न सक्न पर्ने औल्याएका छन्।

१००भन्दा बढी को संख्यामा भेला भएका युवा नेता हरुले परिवर्तन लाई आत्मसात गर्दै अब देश बिकाश को नेतृत्व आफुहरुले गर्ने बताएका छन्।
उक्त्त दुई दिन सम्म नगरकोट मा चलेको भेलामा नेबि संघका पुर्ब अध्यक्ष एबम कांग्रेस पार्टीका सहमहामन्त्री किशोरसिंह राठोर,नेबि संघ का पुर्ब अध्यक्ष एबम नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराई संविधान सभा सदस्य एबम तत्कालीन अधिबेशन सम्पन्न गर्ने एतिहासिक जिम्मेवारी पुरा गर्ने नेबि संघ पुर्ब अध्यक्ष रन्जित कर्ण र लुम्बिनी प्रदेश सदस्य मोति भण्डारीको उपस्थिति रहेको थियो।

 

 

साथै उक्त्त भेलामा साम्सद,मन्त्री ,मेयर गाउँ पालिका अध्यक्ष ,जिल्ला पार्टी सभापति ,नेका प्रदेश सदस्य एबम पार्टीको विभिन्न जिम्मेवारी मा रहनु भएका तत्कालीन नेबि संघ केन्द्रिय सदस्यज्युहरुले पार्टीको आगामी महाधिवेशन बाट पार्टीलाई जिवन्त राख्ने र रुपान्तरण गर्ने धारणा राखेका थिए। सो भेलाले तत्कालीन अध्यक्ष रन्जित कर्णलाई पार्टी को १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बनाएर जिताउने प्रस्ताव समेत गरेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.