काठमाडौं साउन २८: नेपाली कांग्रेसको महाधिबेशन हुने नहुने चर्चा चलिरहेका बेला ललितपुरको समीट होटलमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको बसेको भेलाले ६ बुँदे सुझाव सहित अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।
भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उनले जानकारी दिए । अहिले केहीबेरपछि भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई बुझाइने जनाइएको छ ।