नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने

रिपोर्ट नेपाल | 2024 Apr 08 | 01:48 pm 609

काठमाडौँ २६ चैत / सोमबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले सहकारीको बचत अपचलन आरोप खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बटमलाइन नछाड्ने भएको छ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्न नसक्ने अवस्थमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने अडानलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो।

संसद्‍मा रहेका पूर्व र वर्तमान पदाधिकारीहरूसँग यसबारे परामर्श गर्न कांग्रेसले बैठक राखेको थियो। उक्त छलफलबाट संसदीय छानबिन समिति गठनको अडान नछाड्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने भएको छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.