काठमाडौँ साउन २९: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापतिको निजी निवास, वुढानिलकण्ठमा बसेको थियो ।
हिजो देखि जारी रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर के.सी., महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह .(लामा) तामाङ, जंगीलाल राय, रामजनम चौधरी, हेमराज तातेड र केन्द्रीय आमन्त्रित सदस्यहरु— हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले आ–आफ्नो धारणा राखेका थिए ।
।
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७८ श्रावण ३० गते शनिबार दिउँसो २ बजे सभापतिको निजी निवास, वुढानिलकण्ठमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।