नेपाली कांग्रेसले तोक्यो चुनाव परिचालन संयोजक

| 2024 Apr 07 | 02:05 pm 613

काठमाडौँ २५ चैत / बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ ।

इलाम–२ का लागि महामन्त्री शर्मा र बझाङ प्रदेश सभा १ (क) का लागि नेता एनपी साउद संयोजक तोकिएको कांग्रेसले जनाएको छ । कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ

इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गर्ने जिम्मा उनीहरुलाई दिइएको छ । केन्द्रीय नेता देखि स्थानीय नेता तथा कार्यकर्ता परिचालन गर्न उनीहरुले भूमिका निभाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.