नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती छ, पार्टी एक ढिक्का हुनुपर्छ : देउवा

| 2024 Apr 10 | 02:00 pm 765

काठमाडौँ २८ चैत / नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन्।

नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउँदै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे। सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे। देउवाले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न देउवाले निर्देशन दिए।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवासमक्ष आग्रह गरेका थिए। सो अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्नेसमेत देउवाले प्रतिबद्धता जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.