काठमाडाैं, असार १३ । नेपालकाे सबैभन्दा पुरानाे पार्टी नेपाली कांग्रेसले अब आफ्ना सबै सदस्यता प्राप्त गर्न र नविकरण गर्नका लागि नयाँ प्रविधि अनलाइनबाट फारम भर्न सकिने जनाएकाे छ ।
पार्टीकाे सदस्यता व्यवस्थापन केन्द्रीय समितिकाे हालै बसेकाे बैठकले उक्त निर्णय गरेकाे कुरा कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेवसाइट https://www.nepalicongress.org/online-membership मा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिने पनि उल्लेख छ ।
सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोवाइलमा म्यासेजमार्फत प्राप्त हुने र यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरि अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुने विज्ञप्तीमा उल्लेख छ ।
यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने गरी सहज व्यवस्था मिलाइएकाे पनि जनाइएकाे छ ।
नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था रहेकाेमा प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नविकरणको नियमित प्रक्रिया शुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख छ ।
