काठमाडौं, कात्तिक १२ः प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेसँगै उनले पार्टीको कर जिम्मा उपसभापति विमलेन्द्र निधिलाई कार्यबहक सभापतिकाे जिम्मेवारी तोकेका छन् ।
‘नेपाली काँग्रेसको विधान २०१७ )संशोधन सहित) को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोकिएको विषय शुक्रबार काँग्रेसले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको हो ।
काँग्रेसको संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री देउवा जलवायु परिवर्तन विषयक वल्र्ड लिडर समिटमा सहभागी हुन शुक्रबार बेलायत प्रस्थान गरेका हुन् ।
