नेपाली इतिहासमा सुनको मुल्य अहिलेसम्मकै उच्च

| 2020 Feb 21 | 12:49 pm 1733

काठमाडौं, फागुन ९: नेपाली बजारमा सुनको मुल्य इतिहासमै उच्च भएको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

फागुन पहिलो सताबाट बढ्न थालेको सुनको मुल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७८ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो अहिलेसम्मकै महङ्गो मुल्य हो । गत फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको महासंघले जानकारी दिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र मुल्य अझै बढ्ने संकेत देखिएको महासंघको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.