नेपालीलाई लिएर कुवेती विमान काठमाडाैं अवतरण

| 2020 Jun 11 | 01:11 pm 3166

काठमाडाैं, जेठ २९ः विविध कारणले कुवेतमा आममाफी पाएका नेपाली महिलालाई लिएर आएको विमान काठमाडाैंमा अवतरण गरेकाे छ ।

१ सय ५० जना महिलालाई लिएर आएको विमान साढे ११ बजे काठमाडौं आइपुगेको हो । उनीहरुको स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने बताइएको छ ।

यस्तै, कुवेतबाट अर्को विमानमा पनि बिहीबारै केही नेपालीहरु आउँदैछन् । सो विमान दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.