काठमाडौं, असार ३१ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अष्ट्रेलियातर्फ जान लागेकी एक नेपालीमूलकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपालीमूलकी अष्ट्रेलियन नागरीक अभया विश्वकर्माले लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि प्लस ५४ ग्राम ७५ मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो ।