नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

| 2023 Jul 04 | 04:38 pm 1725

काठमाडौं, असार १९ । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि चलिरहेको खेलमा नेपालले टस हारेर पहिले व्याटिङ्ग गर्दै आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । खेल हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा चलिरहेको छ ।

नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २६८ रन बनाएको हो । नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गर्दा उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनले नटआउट रहेर ५७ रन जोड्न सफल भए ।

ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए। उनी सँग ओपनिङ व्याटरको रुपमा आएका अर्जुन साउदले ४८ रन जोडे। ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए। भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रनको योगदान गरे।

दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए भने सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। करण केसी ३ बलमा ४ रन जोडेर आउट भए।

बलिङतर्फ आयरल्याण्डका मार्क एडियर, व्यारी म्याकार्थी र क्रायग योङले २/२ विकेट लिए भने ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.