नेपालले आज बहराइनसँग विश्वकप छनोट खेल्दै,

| 2024 Mar 21 | 01:13 pm 873

काठमाडौं, ०८ चैत / नेपालले बिहीबार बहराइनसँगै उसैको घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दै छ । विश्वकप छनोट खेल्न नेपाली टोली मलेसियाबाट बहराइन पुगिसकेको छ । खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ ।

बहराइनको राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार आज राति १२ः४५ बजेदेखि खेल शुरू हुनेछ। दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एन्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो।

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय फूटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले मलेशियासँग अभ्यास खेल खेलेको थियो। नेपाली टोली मलेशियाबाट सिधै बहराइन गएको हो।

राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न नेपाली टोली उत्साहित रहेको बताए। नेपालभन्दा बहराइन शारीरिक र मानसिकरुपमा बलियो टोली भएको उनको भनाइ थियो। नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास रहेको एनेसले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.