नेपाललार्इ सगरमाथाको उचाइ नाप्‍न न्यूजील्याण्डले सहयोग गर्ने

रिपोर्ट नेपाल | 2018 Aug 02 | 12:50 pm 2157

काठमाडौं, साउन १७: नेपालले आफैं सगरमाथाको उचाइक्ष नाप्‍ने तयारी गरिरहेका बेला त्यसको प्राविधिक सहयोग न्यूजील्याण्डले गर्ने घोषणा गरेको छ

न्यूजील्याण्ड सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नको लागि नेपाल सरकारलाई प्राविधिक सहयोग गर्ने जनाएको हो।

न्यूजील्याण्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले नेपाल सरकार अन्तर्गतको नापी विभागसँग चार सातासम्म मिलेर काम गरिरहेका न्यूजील्याण्डका भूगणितिज्ञ डाक्टर कि्रस पियर्सनलाई सहयोग गरिरहेको छ ।

डाक्टर पियर्सनको सहयोगमा सगरमाथाको उचाइ फेरि नाप्ने क्रममा पहिलो चरणको योजना बनाउन र तथ्यांक संकलनको काम भइरहेको नयाँदिल्लीस्थित न्यूजील्याण्ड दूतावासले एक विज्ञप्तीमा बताएको छ ।

धेरै भूगर्भविद्हरुले २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पको कारण सगरमाथाको उचाइ ३ सेन्टिमिटरसम्म कम भएको हुन सक्ने बताएका थिए ।

धेरैले यस्तो शंका व्यक्त गरेपछि नापी विभागले सगरमाथाको सफल आरोहण गरिएको ६५ वर्ष पुगेको उपलक्ष्यमा दुई वर्ष भित्रमा सगरमाथाको उचाइ फेरि नाप्ने योजनाअनुसार परियोजना सुरु गरेको थियो ।

अहिले सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर छ । नेपालको नापी विभागले नेतृत्व गरेको यो परियोजनामा सर जर्ज एभरेष्टले अपनाएको परम्परागत नापी विधिको साथै आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम रिसिभरलाई सगरमाथाको टुप्पोमा लगेर उचाइ नापिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.