नेपालमा शिक्षकहरुप्रति लगानी र सम्मान हुन सकेनः प्रदेश सभा सदस्य शेरचन

| 2022 Dec 26 | 09:34 am 2077

  • कौरव खत्री

गुल्मी, पुस ११ः “मानव केन्द्रित पुनर्लाभको लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता“ मुल नारा सहित त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २ खर्वाङ, बागलुङको ६३ औं बार्षिकउत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ । बार्षिक उत्सव तथा अभिभावक दिवसको समापन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय जीत बहादुर शेरचनले नेपालको शिक्षा र शिक्षकहरुप्रति लगानी र सम्मान हुन नसकेकोले अपेक्षित नतिजा प्राप्त गर्न नसकेको बताए ।

No description available.

साथै उनले विकसित मुलुकहरुले शिक्षक र शिक्षा क्षेत्रलाई उच्च सम्मान गरेकोले धेरै अगाडी पुगेको बताउदै अबका दिनमा सरकार यस्ता कुरामा चुक्न नहुने बताए । साथै प्रदेश सभा सदस्य शेरचनले शिक्षाको पाठ्यक्रम देखि नै व्यापक परिवर्तन र सुधारको खाँचो रहेको भन्दै सर्टिफिकेट हातमा छोपेर बेरोजगार बन्ने अवस्थाको अन्त्य गर्दै विद्यालय शिक्षाबाट बालबालिकाहरुलाई बजारमा आवश्यक जनशक्ति उत्पादन गर्ने मुहानको रुपमा विकाश गर्न उनले सरोकारवालालाई आग्रह गरे ।

No description available.

सोही अवसरमा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले स्थानीय सरकारप्रति आम नागरिकको अपेक्षा बढी भएकोले नागरिकले महशुस गर्ने गरि आफुहरु निरन्तर कर्ममा लागि परेको बताए। उनले जग बलियो भए घर बलियो हुने भन्दै बाल विकास शिक्षालाई ध्यान दिएर बडिगाड गाउँपालिका अगाडी बढेको भन्दै थापा अधिकारीले शिक्षकहरुका आवश्यकतामा आधारित तालिम सञ्चालन गर्नेमा जोड दिए।

No description available.

त्यस्तै सोही अवसरमा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन बनले त्रिभुवन विद्यालयको प्रसंशा गदै सम्भव भएसम्म विद्यालयका आवश्यकताहरू पुरा गर्न गडिगाड गाउँपालिकाले कोशिस गर्ने भन्दै गाँउपालिकालाई एउटा शैक्षिक हवको रूपमा विकास गराउन अहिले संम्भाव्य अध्ययन भैरहेको बताए । बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले त्रिभुवन माध्यमिक विद्यालयको भौतिक र शैक्षिक धरोहरलाई थप मजबुत बनाउदै यसको विकासमा बडिगाड गाउँपालिकाले सक्दो पहल गर्ने बताउए ।

बडिगाड गाउँपालिकाका शिक्षा अधिकृत पुर्ण बहादुर घर्तीले शिक्षाको सुधार र गुणस्तर कायम गर्न त्रिभुवन नमुना माध्यमिकले शिक्षा क्षेत्रमा गरिखाने र सीपयुक्त शिक्षाको शुरूवात र कोशिस गरि शिक्षामा राम्रो काम गरेको बताए । विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले समग्र विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

No description available.

गत पुस ७ गते शुरूको बार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा सदनात्मक भलिबल, रेकर्ड डान्स, कपर्दी, हाजिरी जवाफ, पिटी प्रर्दशन लगायतका खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन भएको थियो । कार्यक्रममा खेलकुद तथा साँस्कृतिक प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कप, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यस्तै छात्रवृत्ति वितरण, खेलाडी, पूर्व शिक्षक, निर्वाचित जनप्रतिनिधि, उत्कृष्ट अंक ल्याउने विद्यार्थी, विद्यालयका शिक्षकहरु लगायतलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बडिगाड गाउँपालिकाका जनप्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक प्रतिनिधि, सुरक्षाकर्मी,चन्दादाता, पत्रकार, अभिभावक, संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रम त्रिभुवन नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु प्रसाद भुषालको अध्यक्षता तथा विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल पोखरेलको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक कमल पौडेलले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.