नेपालमा भित्रियो टम्बो मोबाइल

रिपोर्ट नेपाल | 2018 Aug 13 | 11:42 am 2165

काठमाडौं- नेपाली बजारमा नयाँ मोबाइल ब्रान्डका रूपमा भारतीय मोबाइल टम्बोको प्रवेश भएको छ।

टम्बो मोबाइलले सन् २०१८ को अप्रिलमा पहिलो पटक भारतमा विभिन्न फोन सार्वजनिक गरेको थियो । शंकराचार्य मोबाइलले नेपाली बजारमा यो फोनको आधिकारिक आयात तथा बिक्री गर्नेछ। अहिलेलाई टम्बोका ६ वटा मोडलका बार फोन तथा २ वटा मोडलका स्मार्टफोन नेपाली बजारमा उपलब्ध हुनेछन्।

स्मार्टफोनमा टिए–२ तथा टिए–३ नामका दुई फोन पनि चाँडै सार्वजनिक हुनेछन्, जुन सस्तो मूल्यका फोन हुन्। टम्बो ब्रान्डका फिचर फोनको न्यूनतम मूल्य १ हजार रुपैयाँभन्दा केही बढी छ । टम्बो मोबाइलका सबै मोडलमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी तथा ३ सय ६५ दिनको स्क्रिन रिप्लेसमेन्ट प्रदान गरिने बताइएको छ।

टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनमा फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सर आदि फिचर समावेश छन्। यी फोनमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लुटुथ, जीपीएस, हेडफोन ज्याक आदि समेत जडान गरिएको छ।

टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको ज्वाइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्रान्ड हो। कम्पनीले उत्तर प्रदेशको ग्रेटर नोयडास्थित फ्याक्ट्रीमा यो ब्रान्डका फोन उत्पादन गर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.