काठमाडाैं, असार ३ः नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमितहरुमध्ये ५ सय ४६ जना पुरुष र ४० जना महिला रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जनकारी अनुसार संक्रमित भएका सबै जना पछिल्लाे २४ घण्टामा पुष्टि भएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने २० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार पुष्टि भएकामध्ये सबैभन्दा धेरै महोत्तरीमा २ सय जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १ सय २७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २/ २ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।