नेपालमा नाै लाख बराेजगार, सबैभन्दा धेरै प्रदेश २ मा

रिपोर्ट नेपाल | 2019 Apr 26 | 04:44 pm 2516

काठमाडौँ, वैशाख १३ :  नेपालमा काम गर्न सक्ने जनसंख्यामध्ये नाै लाख बराेजगार भएकाे पाइएकाे छ।

तथ्यांक विभागले सार्वजनिक गरेकाे तेस्राे श्रम सर्वेक्षणमा  नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ। त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन्। श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी नौ लाख बेरोजागर रहेको केन्द्रीय तथ्यांक विभागको श्रम शक्ति सर्वेक्षण सन् २०१९ ले जनाएको छ।

सबैभन्दा धेरै प्रदेश २ मा बेरोजगार रहेका छन् भने सबैभन्दा कम प्रदेश ३ मा बेरोजगार रहेका छन्। तथ्यांकअनुसार प्रदेश १ मा १०.२ प्रतिशत, प्रदेश २ मा २०.१ प्रतिशत, प्रदेश ३ मा ७ प्रतिशत बेरोजगार रहेका छन्। त्यसैगरी, गण्डकी प्रदेशमा ९ प्रतिशत,प्रदेश ५ मा ११.२ प्रतिशत, कर्णाली प्रदेशमा ९.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११.५ प्रतिशत बेरोजगार रहेको तथ्यांकले देखाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.