नेपालमा नयाँ प्रजातिको कोरोनाको भाइरस भित्रिएको पुष्टि

रिपोर्ट नेपाल | 2021 Jan 18 | 03:11 pm 1865

काठमाडौं, माघ ५: नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिएका छन्। बेलायतबाट फर्किएका मध्ये तीनजनामा कोभिड-१९ को नयाँ प्रकार  देखिएको हो।

मन्त्रालयका अनुसार बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो।

२८ वर्षीया महिला, ६७ वर्षीय र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। उक्त भाइरस बेलायतमा देखिएको नयाँ भाइरस भएको पुष्टि भएको हो। तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल आरटी पीसीआर नेगेटिभ भइसकेको र ६७  वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण भने देखिएको छैन।

कोरोनाको जोखिम यथावत रहेको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको  छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.