नेपालमा थप ९ सय २७ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 28 | 04:46 pm 2195

काठमाडौं, भदाै १२ः शुक्रबार नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्त डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका बिभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट ९ सय २७ नयाँ संक्रमित फेला परेका हुन् ।

याेसंगै नेपालमा संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ४ सय १५ जना नयाँ संक्रमित थपिएका छन्।

जस अनुसार काठमाडौं जिल्लामा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले जानकारी दिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.