नेपालमा थप ७ सय ८ जनामा कोरोना पुष्टि

| 2020 Dec 29 | 05:03 pm 1621

काठमाडाै, पुस १४ः नेपालमा थप ७ सय ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ९८ जना संक्रमित फेला परेका छन् । जस्मा १ सय ५६ महिला र २ सय ४२ पुरुष रहेका छन् ।

योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २१ हजार ९ सय ६८ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९६ हजार ७ सय ८५ जना, ललितपुरमा १५ हजार १ सय ६९, भक्तपुरमा ८ हजार ८ सय २५ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.