काठमाडौं, साउन ३२ः आइतबार नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर रहेका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
आइतबार १ सय ३४ जना डिस्चार्ज भएका छन्। कोरोना मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।