काठमाडाैं, असाेज ३०ः शुक्रबार नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।