काठमाडाैं, जेठ २२ः बिहीबार नेपालमा थप ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका बिभिन्न भागमा ३ सय ३४ संक्रमित थपिएका हुन् ।
थपिनेमा ३ सय १९ पुरुष र १५ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ ।