काठमाडाैं, जेठ २८ः नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय जना ७९ संक्रमित थपिएकाे जानकारी दिएकाे हाे ।
थपिनेमा २ सय ५७ पुरुष र २२ महिला रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।