नेपालमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 Jun 11 | 05:09 pm 1790

काठमाडाैं, जेठ २९ः बिहीबार नेपालमा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशका बिभिन्न स्थानमा २ सय जना ५० संक्रमित पुष्टि भएका हुन् ।

उक्त विवरणकाे जानकारी स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत जनाइएकाे हाे । योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ६ सय १४ पुगेको छ । नयाँ संक्रमितमा पुरुष २ सय ३० पुरुष र २० जना महिला रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १ सय ८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा  ८ महिला र १ सय ७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८ सय ६१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.