नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Jul 29 | 04:57 pm 2191

काठमाडौं, साउन १४ः बुधबार नेपालमा थप २ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा उक्त विवरण अनुसारका नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ, भने बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन्।

योसँगै कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.