काठमाडौं, भदाै ३१: बुधबार मुलुकभर थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मलेन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न स्थानका प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
गएकाे २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।