काठमाडौं, मंसिर ३: बुधबार नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । त्यसैगरी ३ हजार ५ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।