नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 30 | 05:21 pm 2050

काठमाडाैं, भदाै १४ः आइतबार नेपालमा १ हजार २ सय २१ जनामा कोरोना भाइरस  संक्रमणको पुष्टि भएको छ । एकै दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा १ हजार १ सय २१ नयाँ संक्रमित थपिएका हुन् । याेसंगै नेपालमा संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.