काठमाडौं, साउन १२ः सोमबार नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३९ जना नयाँ संक्रमित थपिएका हुन्।
यससँगै नेपालमा सक्रमितको कुल संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।
सोमबार मात्रै ६ सय २६ जना संक्रमित निको भएर घर फर्किएका छन्। योसँगै जम्मा १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएका छन् ।