नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 24 | 04:44 pm 1942

काठमाडौं, साउन ९ः शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ मार्फत उक्त विवरणको जानकारी मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएका हुन्।

योसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ३ हजार ७४ पुगेको छ ।

शुक्रबार मात्र देशभरमा १ सय ७ जना डिस्चार्ज भएका छन्। योसंगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.