नेपालमा थप १ सय १ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Jul 17 | 04:55 pm 1741

काठमाडौं, साउन २ः नेपाल शुक्रबार थप १ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ सय १ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको अवस्था छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत उक्त विवरणको जानकारी मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय ८५ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ५ सय ३५ रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.