नेपालमा थप दुई जनामा कोरोना संक्रमण भएकाे पुष्टि

रिपोर्ट नेपाल | 2020 Apr 23 | 05:11 pm 1747

काठमाडाैं, बैशाख ११ः नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।

जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना रोगी भेटिएका हुन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ पाइएकाे हो।

त्यसैगरी धनुषाको जनकपुरस्थित एकजना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।

बिहीबार थप भएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ।  निको हुनेको संख्या पनि ९ पुगेको जानकारी डा. देवकोटाले दिए।  देवकोटाका अनुसार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजना पनि निको भएका छन्।

बेलायतको लण्डनबाट चैत ४ मा आएका उनीहरु कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा थिए।  योसँगै बिहीबारसम्म देशका विभिन्‍न अस्पतालमा उपचार गर्नेको संख्या ३८ रहेको छ। स

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.