नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 May 13 | 04:03 pm 1649

काठमाडौं, बैशाख ३१ः नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमित भएका व्यक्ति कपिलवस्तु-५ निवासी २२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार उनको कोरोना पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.