काठमाडौं, कार्तिक २७ । समाजमा विकृति र विसंगति फैलाएको भन्दै सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने भएको छ।
साेमबार बसेकाे मन्त्रीपरिषदको बैठकले सामाजिक सद्भाव बिगार्ने काम भएकोले उक्त निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराएकी छन।
प्राविधिक रूपले केही समय लाग्न सक्छ तर बन्द तत्काल गर्ने निर्णय भएको मन्त्री शर्माले बताएकी छन।पछिल्लो समय केही मान्छेले समाजलाई अपाच्य हुने सामाग्री पाेष्ट गरेर विवादित बनेका छन।भाइरल हुने नाममा विकृतिजन्य पाेष्ट हुने गरेका छन। सरकारको निर्णयलाई नागरिकले सकरात्मक रूपले लिएका छन।