नेपालमा चौथो व्यक्तिमा देखियो कोरोना संक्रमण

| 2020 Mar 27 | 07:46 pm 2305

काठमाडौं, चैत १४: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिडा १९) नेपालमा चौथो संक्रमित व्यक्ति भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसको पुष्टि गरेका छन्।

डा देवकोटाले दिएको जानकारी अनुसार संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको बताए।

उनको अवस्था भने सामान्य नै रहेको जनाए । ३४ वर्षीय नेपाली पुरूषको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाामा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.