काठमाडौं, असार ९ः मंगलबार नेपालमा थप ५ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
स्वास्थ्य तथा जसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलनमा जारी गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा जम्मा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।